प्रचलित :

गोरखा । ग्लोबल गोरखा समाजका निवर्तमान महासचिव, २०२०-२०२२ का नेपाल संयोजकका रुपमा रहेका विनोद पोखरेलले आफ्नो ४६ औ जन्मदिनको ऊपलक्क्षमा तारकेश्वर नगरपालिका वडा नम्बर ६ पैयुटार काठमाडौ स्थित रहेको “अपाङ्गता संरक्षण नेपाल”नामक संस्थामा रहेका दृष्टि विहिनहरु माझ गएर जन्मदिन मनाएका छन् ।

जापानमा रहदा पनि लामो समयको अध्ययन, व्यवसाय गर्दै आऊनु भएका पोखरेल हाल नेपालमा पनि व्यवसायिक रुपमा अगाडि बढि रहनु भएको छ, सामाजिक व्यक्तित्व पोखरेल ग्लोबल गोरखा समाजको दोस्रो महाधिवेशन पश्चात नेपाल संयोजकको रुपमा पनि काम गर्दै आऊनु भएको जनाईएको छ, ग्लोबल गोरखा समाजले कोभिड-१९ लाई मध्यनजर गर्दै गोरखा जिल्लाका ११ वटै स्थानिय निकायमा १-१ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दा पनि पोखरेलकै संयोजकत्वमा भएको थियो ।

सालिन,भद्र स्वभावका पोखरेलले २०७७/८/२५ गतेका दिन (Disabled care Nepal) नामक संस्थामा रहेका करिब २ दर्जन व्यक्तिहरुलाई जन्मदिनको ऊपलक्क्षमा वाईट केन (सेतो छड़ी) साबुन, माक्स लगाएत मिठो परिकारको भोजन गराऊनु भएको जानकारी हुन आएको छ। परिवारका सदस्य सहित सो संस्थामा पुग्नु भएका पोखरेलले आफ्नो विचार राख्दै आफु लामो समय देखि सामाजिक क्षेत्रमा क्रियाशील रहेको र आफु संग १० रुपैया हुदा १ रुपैया सम्म सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको भावना पनि व्यक्त गर्नु भएको थियो।

साथै समाजमा एक न एक हिसाबले सबै शारीरिक रुपमा अपाङ्गता रहेको विचार व्यक्त गर्नु भएको थियो, समाजले दृष्टि गुमाएकाहरु लाई दृष्टिविहिन भनिए पनि ऊनिहरुको भित्रि दृष्टिले यो सबै जगत लाई देख्न सक्ने विश्वास आफ्नो रहेको धारणा समेत व्यक्त गर्नु भएको थियो,शारीरिक रुपमा भएको कमिकमजोरी लाई आफ्नो कमजोरीको रुपमा नलिग्न समेत ऊपस्थित सम्पुर्ण अपाङ्गता भएका व्यक्तिहरुलाई अनुरोध गर्नु भएको बताईएको छ।

प्रतिक्रिया दिनुहोस !