काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि  मंगलबार सर्वदलीय बैठक बोलाएका छन् ।

बालुवाटार स्रोतका अनुसार केही समययता देशका विभिन्न ठाउँमा बढ्दै गएको राजावादीहरुको प्रदर्शनको विषयमा केन्द्रित भइ छलफल गर्न सो बैठक बोलाइएको हो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिहान ११ बजेका लागि बैठक डाकिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !