प्रचलित :

काठमाडौं । अन्तर सरकार समिति (आईजीसी) नेपाल र भारत वाणिज्य सचिवस्तरीय बैठक आज सोमबार बस्ने भएको छ ।

भिडियो कन्फरेन्समार्फत हुने बैठकमा मुख्यतः व्यापार सन्धि पुनरावलोकन, लगानी प्रवर्द्धनलगायत विषय मुख्य एजेन्डामा छन् ।

मन्त्रालयकी सह–प्रवक्ता उर्मिला केसीले वाणिज्य सचिव वैकुण्ठ अर्यालको संयोजत्कवमा हुने बैठकमा व्यापार सन्धि पुनरावलोकन, दुई देशबीचको लगानी प्रवर्द्धन, ट्रेड एन्ड ट्रान्जिटका विषयमा छलफल हुनेछ ।

यीबाहेक बोर्डर ट्रेडको पूर्वाधार निर्माण र सहजीकरण, ज्वाइन्ट बिजनेस फोरम निर्माणका विषयमा पनि छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस !