सांकेतिक तस्बिर

उदयपुर । उदयपुरको कटारी स्थित सौर्य सिमेन्टको खानीमा शक्तिशाली बम विस्फोट भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भीमबहादुर दाहालले उदयपुरको कटारी नगरपालिका वडा नं. ८ स्थित सो खानीमा शक्तिशाली बम विस्फोट भएको बताउनुभयो ।
एसपी दाहालका अनुसार बिहीबार राती करिब १२ बजेको समयमा बम विस्फोट भएको हो । बम विस्फोट भएको स्थानमा रहेका मजदुरहरू भागदौड गर्ने क्रममा ३ जना घाइते भएका छन् । उनका अनुसार बमको छर्राले लागेर कुनै पनि मानवीय क्षति भएको छैन । घटनास्थलमा प्रहरीको टोली पुग्ने क्रममा रहेको एसपी दाहालले बताउनुभयो । विस्फोटबाट भएको क्षतिको यकिन विवरण आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस !