प्रचलित :

चितवन । चितवनमा रहनु भएका पूर्व युवराज पारस शाहको छातीमा समस्या आएपछि अस्वस्थ हुनु भएको छ । नारायणगढस्थित एक होटलमा मंगलबार साँझ आएर बस्नु भएका शाहलाई आज बुधबार साँझबाट छातीमा समस्या देखिएको हो ।

शाह बिरामी भएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा। श्यामराज रेग्मी सहितको चिकित्सक टोलीले परीक्षण शुरु गरेको छ । शाहको होटलमै ईसिजी गरिंदै छ । यसैगरी रगत परीक्षण गर्न लागेको छ । ईसिजी र रगत परीक्षणको नतिजा आएपछि शाहलाई के भएको हो भन्ने बारे एकिन भन्न सकिने चिकित्सकहरुले बताएका छन् । शाहमा मुटुसम्बन्धी पुरानै समस्या रहेको थियो । सोही समस्या बल्झिएको अनुमान चिकित्सकले गरेका छन् । यस अघि शाहमा उच्च रक्तचापको समस्या देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस !