प्रचलित :

। देवघाटधामको स्थापना गरिएको श्री राम जानकी गार्गी कन्या गुरुकुलका शिक्षा लिइरहेका पुर्व मेचीदेखि पश्चिम महाकालीसम्मका करिब ५४ जना कन्याहरूकालागि आज एक कार्यक्रम बीच स्पाउज क्लब अफ नारायणगढ रोटरीका अध्यक्ष मनसा थैवले नगद रु. १०,५०५ आर्थिक सहयोग प्रदान गर्नुभएको छ । अध्यक्ष मनसा थैवको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा उक्त संस्थाका अध्यक्ष एवम् प्रमुख संरक्षक भगवती उपाध्याय विशिष्ट अतिथीको रूपमा हुनुहुन्थ्यो ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष शान्ती उपाध्याय पौडेल र विशिष्ट अतिथी भगवती उपाध्यायले मन्तब्य राखेका थिए । क्लबका अध्यक्ष मनसा थैवले आगामी दिनहरूमा सो संस्थाकोलागि आवश्यकता अनुरुप थप सहयोगहरू प्रदान गर्ने बताउनुभयो । नारायणगढ रोटरी क्लबका पूर्व अध्यक्ष रोहितकुमार श्रेष्ठ, कोषाध्यक्ष  विमल श्रेष्ठ, कार्यक्रम संयोजक तथा स्पाउज क्लब अफ नारायणगढ रोटरीका सदस्य कल्पना थपलिया र अर्का सदस्य निलीमा प्रधानको उपस्थिती रहेको उक्त कार्यक्रमको सञ्चालन इन्दु श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !