प्रचलित :
चितवन । चितवनको राप्ती नगरपालिकाको विभिन्न स्थानमा लगाइएको अबैध गाँँजा खेती प्रहरीले नष्ट गरेको छ ।
राप्ती नगरपालिका वडा नं. ११ काे डिटार, गाल्चन भन्ज्याङ्ग, कुचुरभित्ता, सुरकुन्डेभित्ता, मास्किडाँडा, वडा नं. १२ को कोधानवाङ गैरी, एउरालीटार, हुमपुङ, चाटराङ, कामीडाँडा, वतैलपोखरी र वडा नं. १३ को कालिटार, मेटाङक्लौ, च्योदिङ, बाङसिलिङ र कालीखोला क्षेत्रमा लगाइएको करिब ५० बिगाहा  क्षेत्रफलको अबैध गांजा खेती नष्ष्ट गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) नान्तीराज गुरुङले जानकारी दिनु भयो ।
दुई जना प्रहरी निरीक्षक सहित ५० जना नेपाल प्रहरी र सशस्त्र प्रहरी निरीक्षक १ जना सहित २१ जना सशस्त्र प्रहरी समेतको संयुक्त एलआरपी टोली परिचालन भई सो क्षेत्रमा लगाइएको अन्दाजी ३६ लाख गाँजाको बोटविरूवाहरू फडानी गरि नष्ट गरीएको उहाँलेे जानकारी दिनुभयो । दुई दिनसम्म प्रहरीहरु सोही गाउँमा बसि गांजा खेती नष्टगरि स्थानीयबासीहरु सँग गाजा खेतीबाट समाज र मानव स्वास्थ्यमा पर्ने नकारात्मक असर, कानुनी परिणामबारे अन्तरक्रिया गरी सचेत समेत गराइएकाे प्रहरी प्रमुख गुरुङले जानकारी दिनु भयो ।
लागु पदार्थ उत्पादन, बेचबिखन र ओसारपसार बारेको कुनै पनि जानकारी प्रहरीलाई दिन पनि उहाँले जानकारी दिनु भयो । जिल्ला प्रहरी कार्यालयको परिचालन कक्षको नं. ९८५५०९०१३३ वा हट लाइन १०० मा फोन गरिदिनु हुन गुरुङले जानकारी गर्नु भएको थियो।
सुचना वा जानकारी परिचालन कक्षको कलर आइडी नभएको फोन नंबर ०५६५२०१५५ मा आफ्नो परिचय गोप्य रहने गरी सूचना दिन सकिने उहाँको भनाई थियो।

प्रतिक्रिया दिनुहोस !