माला पालुंवा, ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतको लागि ताप्लेजुङको पर्यटकीय गाउँ घुन्सा झकिझकाउ बनाइएको छ । सोमबार हुने कार्यक्रमको लागि स्टेज निर्माण, ठाउँठाउँमा स्वागतद्धार निर्माण गरिएको छ ।

प्रधानमन्त्री ओली सोमबार बिहान १० बजे फक्ताङलुङ गाउँपालिका ६ स्थित घुन्सा आउने कार्यक्रम छ । घुन्सा फउण्डेसनले निर्माण गरेको स्वास्थ्य भवन उद्घाटन तथा तिब्बतको सीमावर्ती क्षेत्र ओलाङलुङगोलाको निरिक्षणका लागि प्रधानमन्त्री ओली आउन लाग्नुभएको हो ।

आफ्नो गाउँमा प्रधानमन्त्री आउने भए पछि कञ्चनजंघा हिमालको फेदमा रहेको बस्ती घुन्साका बासिन्दा उत्साहित भएका छन् । यहाँका बासिन्दाले आफ्नो घर टोलमा सरसफाई गरेका छन् ।

प्रधानमन्त्री ओलीसँग संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई, संविधानसभा अध्यक्ष सुवास नेम्बाङ, प्रदेश १ का मुख्य मन्त्री शेरधन राई आउनुहुने कार्यक्रम रहेको छ ।

कार्यक्रमलाई मध्यनजर गर्दैै यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस !