चितवन । रोटरी क्लव अफ नारायणगढद्वारा धादिङ्ग जिल्लाको बेनिघाट रोराङ्ग गाउँपालिका वडा नं. १०, खरभञ्ज्याङ्गमा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी तथा खेलकुद सामग्रीहरु सहयोग गरिएको छ । क्लवका अध्यक्ष अनुकूल श्रेष्ठको नेतृत्वमा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई कापी, कलम, भलिबल, नेट, क्यारेमबोर्ड, ब्याडमिन्टन लगायतका सामग्रीहरु सहयोग हस्तान्तरण गरिएको थियो ।

सो कार्यक्रममा क्लवका पूर्व अध्यक्षहरु अरुण पिया, चुननारायण श्रेष्ठ, विज्ञानलाल श्रेष्ठ, रमेश श्रेष्ठ, चेपाङ अभियन्ता केपीकिरण शर्मा, लक्ष्मण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । साथै कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिपक रिजाल, शिक्षक अभिभावक संघका अध्यक्ष विष्णुहरी अर्याल लगायतको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !