प्रचलित :

चितवन । रोटरी क्लव अफ नारायणगढद्वारा चितवनको सर्वोच्च शिखर सिराइचुलीमा सरसफाई गरिएको छ । इच्छाकामना गाउँपालिका वडा नं. १ मा रहेको पर्यटकीय स्थल सिराइचुलीमा अवलोकन गर्न जाने पर्यटकहरुले फालेको फोहोरले सो क्षेत्र प्रदुषित भएको थियो । समुद्री सतहबाट १ हजार ९ सय ४५ मिटर उचाईमा रहेको चितवनकै उच्च स्थान पर्यटकीय स्थल सिराइचुलीमा सो क्लवको आयोजनामा शनिबार विहान सरसफाई गरिएको हो । क्लवका पुर्व अध्यक्ष अरुण पियाको संयोजकत्वमा भएको कार्यक्रममा क्लबका अध्यक्ष अनुकूल श्रेष्ठ, पूर्व अध्यक्षहरु चुननारायण श्रेष्ठ, विज्ञानलाल श्रेष्ठ, रमेश श्रेष्ठ, चेपाङ अभियन्ता केपीकिरण शर्मा, व्यावसायी लक्ष्मण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । सो सिराइचुलीमा सुर्योदयको दृश्यावलोकन गर्न चितवन र आसपासका जिल्लाका आन्तरीक पर्यटक एवम् विदेशी पर्यटकहरु समेत त्यहाँ पुग्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस !