प्रचलित :
चितवन । एकाबिहानै चौतरोमा भेटिएका उनलाई नत जन्म दिने आमा बुबा थाहा छ नत आफन्तजन नै । उनी गर्वमै हुँदा बाबू भारतमा ज्याला मजदुरी गर्ने क्रममा बिते भने जन्मेको ३ दिनमै आमा बितेपछि उनालाई हजुरबुबा हजुरआमाले हुर्काए ।
कालिका नगरपालिकाको वडा न. १ गडुवा चोकको चौतारोमा भेटिएका उर्गेन तामाङ (लाजेन दोङ) सिन्धुपाल्चोकको बराम्जे जन्म थलो भएको बताउँछन् । आफू ५६ बर्ष भन्दा बढी भएको बताउने उनको नत नागरिकता छ नत बस्ने घरनै । गडुवा चोकको चौतारोमा बस्दै आएका तामाङको ३ बर्षले जेठा दाजु दावा पनि उनी जस्तै बिचल्लीमा छन । आफू ज्याला मजदुरी गरेर पेट पाल्दै आएको र दाजु पनि मजदुरी गर्दै पेट पालेको उनले बताए । दाजु १३ बर्ष र आफू १० बर्ष हुदा मामाले सबै सम्पती आफ्नो बनाएपछी आफुहरु बिचल्लीमा परेको उनले बताए ।
सहयोगी दाताले दिएको त्रीपाल पाएर २ दिन देखि बेरिन पाएको उनले बताए । काठमाडौं, पोखरा, लमजुङ , आछाम, बझाङ, दिपायल लगाएर धेरै ठाउमा ज्याला मजदुरी र भारी बोक्न पुगेको उनले बताए । अस्ति खाना बनाएर खाएको भन्दै सोही दिनको बासी भात देखाउदै उनले भने- भएको खानेकुरा फाल्न हुन्न, खान काम लाग्छ ।

प्रतिक्रिया दिनुहोस !