काठमाडौँ, ११ मंसिर । बिहीबार काठमाडौँ आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला र नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालबीच भेटवार्ता भएको छ ।
दुवैतर्फले उनीहरुबीचको भेट उपलब्धिमुलक भएको बताएका छन् । भेटमा द्धिपक्षीय सहयोगको समीक्षा भएको र आपसी हितका विषयहरुमा छलफल भएको भारतीय दूतावासले जनाएको छ ।
त्यस्तै, दुवै पक्षले द्धिपक्षीय पहल र परियोजनाहरुमा भएको प्रगतिको सराहना गरेको जनाइएको छ । आपसी सहकार्यका लागि आवश्यक थप कदमहरु चाल्ने उनीहरुबीच सहमति भएको दूतावासले जनाएको छ ।









