कालिका-६,भटेनीका मानसिक रोगी अधिकारीको ब्युटिफुल माईण्ड  ईन्स्टिच्युट अफ साइकियाट्री अस्पतालद्वारा उद्धार 

चितवन । कालिका-६, भटेनीका १९ बर्षिय मानसिक रोगी सागर अधिकारीको आज उद्धार गरिएको छ । आर्थिक अबस्था अत्यन्त कमजोर रहेका अधिकारी बिगत लामो समयदेखि मानसिक समस्या भै घरमै रहेका थिए ।
खैरहनी नगरपालिका वडा नं. ११, कठार  स्थित ब्युटिफुल माईण्ड  ईन्स्टिच्युट अफ साइकियाट्री अस्पतालका वरिष्ठ मनोरोग चिकित्सक तथा अध्यक्ष डा. गिरीराज भन्तानाले आर्थिक अबस्था कमजोर भै उपचार नपाएको थाहापाई आँफुले उद्धार गरि ल्याएको बताउनु भयो । आफुले उनको निशुल्क उपचार र बस्ने ब्यबस्था गर्ने समेत बताउनु भयो । उनको उपचारको उद्वारकाे लागि चेपाङ अभियान्ता केपी किरण शर्मा, पत्रकार रबि रोशीले समन्वय गर्नु भएको थियो । मानसिक रोगी अधिकारीको उद्धारको क्रममा ब्युटिफुल माईण्ड  ईन्स्टिच्युट अफ साइकियाट्री अस्पतालका वरिष्ठ मनोरोग चिकित्सक तथा अध्यक्ष डा. गिरीराज भन्ताना, अस्पतालका स्पोक्स पर्सन कमल भुसाल, चेपाङ अभियान्ता केपी किरण शर्मा, पत्रकार रबि रोशी  लगाएतको उपस्थिति रहेकोे थियो ।
यस अगाडि पनि  ब्युटिफुल माईण्ड  ईन्स्टिच्युट अफ साइकियाट्री अस्पतालका वरिष्ठ मनोरोग चिकित्सक तथा अध्यक्ष डा. गिरीराज भन्तानाले बिपन्न तथा आर्थिक अबस्था अत्यन्त कमजोर भएका बिरामीहरुको निशुल्क उपचार गराउदै आउनु भएको थियो । सो अस्पतालमा मानसिक रोगी हरुलाई आवासीय रूपमा नै राखी उपचार गरिन्छ ।