प्रचलित :

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सहित सचिवालयका अन्य सदस्यहरु सहभागी हुनुहुन्छ ।

सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले गत शुक्रबारको बैठकमा ल्याउनु भएको  १९ पृष्ठको एकल प्रस्तावका बारेमा छलफल हुने बताइएको छ ।

त्यस्तै गत शुक्रबारको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल (प्रचण्ड)ले लेख्नुभएको छुट्टाछुट्टै पत्र पनि सचिवालयका सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको थियो । आजको बैठकमा सोही विषयमा पनि  छलफल हुने बताइएको छ ।

सचिवालय बैठकपछि आजै मन्त्रिपरिषद् बैठक पनि बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस !