प्रचलित :
गोरखा । धार्चे गाउँपालिका-६, काशीगाँउका बिपन्न विद्यार्थीका परिवारलाई आज खाद्यान्न सहयोग गरिएको छ । लाप्राक निवासी लता गुरुङको समन्वयमा लेस बृटिश नामक सस्थाको सहयोगमा बिपन्न विद्यार्थीको परिवारलाई तिहार पर्व मान्नको लागि सो सहयोग गरिएको हो । बिपन्न परिवारलाई सो वडाका अध्यक्ष धनकुमार घले, मन्जुश्री माबीका प्राचार्य धनमान गुरुङ लगाएतको उपस्थितिमा चामल, दाल, नुन, तेल, साबुन लगाएतका सामान सहयोग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !