प्रचलित :
चितवन । पुर्बी चितवन निर्माण सेवा संघ, कालिका – ६, खोलेसिमलद्वारा गत कार्तिक २४ गते खोलेसिमल बजार स्थित पुरुषाेत्तम कंडेलको घर निर्माणको क्रममा करेन्ट लागि मृत्यु भएका कालिका-१ निवासी ४५ बर्षिय सुकबहादुर तामाङको परिवारलाई आज आर्थिक सहयोग गरिएको छ ।
संघको तर्फबाट मृतक तामाङको परिवारलाई रु. ३ लाख सहयोग गरिएको हो । कालिका वडा न.१ का वडा अध्यक्ष लिलाबहादुर गुरुङ र संघका अध्यक्ष उत्तम घिमिरेले सो रकम हस्तान्तरण गरेका थिए ।
सो हस्तान्तरण कार्यक्रममा संघका सल्लाहकार जगतबहादुर मोक्तान, बलराम दगांल, उपाध्यक्ष हेम प्रसाद पन्त, कोषाध्यक्ष प्रदिप महतो, सह- सचिब प्रताप सिं घलान, सदस्य गंगाराज गोले, सिताराम अधिकारी, कार्यालय सचिब डम्बर बहादुर श्रेष्ठ, पुरुषाेत्तम कंडेल लगाएतको उपस्थिति रहेको थियो । तामाङ परिवारलाई घरधनी पुरुषाेत्तम कंडेलले रु.२ लाख र संघका सल्लाहकार समेत रहेका घर निर्माणका ठेकेदार जगत बहादुर मोक्तानले पनि रु.१ लाख यस अगाडीनै सहयोग गरेका थिए ।
सोही दिन करेन्ट लागि घाइते भएका २८ बर्षिय अनिश श्रेष्ठको भरतपुरमा उपचार भइरहेको संघका अध्यक्ष उत्तम घिमिरेले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस !