प्रचलित :
चितवन । “म नेकपा मै छु, नेपाली काँग्रेसमा प्रवेश गरेका भन्ने हल्ला मात्रै हो” नेपाली काँग्र्रेस भरतपुर महानगरपालिका वडा नं. २९ अन्तर्गत गाईघाट भोर्लेले असोजको अन्तिमतिर विजया दशमीको पूर्वसन्ध्यामा आयोजना गरेको एक कार्यक्रममा आफूलाई अतिथिको रुपमा बोलाई कार्यक्रममा सहभागी भएकै आधारमा आफूलाई नेकपा पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेको भन्दै विभिन्न सामाजिक सञ्जालमा आएका टिकाटिप्पणी प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको गाईघुरी टोल विकास समितिका अध्यक्ष रोमबहादुर गुरुङ्गले बताउनु भयो ।
आफू टोल विकास समितिको अध्यक्षको नाताले नेपाली काँग्रेसले आयोजना गरेको कार्यक्रममा अतिथिको रुपमा सहभागी हुँदा खिचिएका फोटो र कार्यक्रममै बसेकै आधारमा आफूलाई नेपाली काँग्रेस भन्दै प्रचार गरेकोप्रति दुःख व्यक्त गर्नुभयो । आफूले राजनीति बुझेदेखि नै आफू नेपाल कम्युनिष्ट पार्टीमा लागेको हुँदा कुनैपनि हालतमा नेपाली काँग्रेस पार्टीमा आवद्ध हुन नसक्ने गुरुङ्गले बताउनुभयो । नेकपा भरतपुर–२९ वडा कमिटी सदस्य समेत रहनुभएका गुरुङ्ग भन्नुभयो–जब मैले राजनीति बारे बुझे त्यही बेलादेखि म नेपाल कम्युनिष्ट पार्टीको सक्रिय कार्यकर्ता हुँ, त्यसपछि २०५२÷०५३ देखि नेकपा माओवादी हुँदै हाल पार्टी एकीकरण पछि नेकपाको क्रियाशिल सदस्यको रुपमा छु ।
म नेकपाको एक जिम्मेवार सदस्य हुँ, क कदापि नेपाली काँग्रेसको सदस्य हुन सक्दिन–उहाँले भन्नुभयो । बिहीबार भरतपुर–२९, जुगेडीका जिम्मेवार व्यक्तित्व, समाजसेवी एवं सञ्चारकर्मीहरुको सहभागितामा गुरुङ्गले आफूलाई कार्यक्रममा आमन्त्रण गरेकाले आफू कार्यक्रममा सहभागी भएको तर नेपाली काँग्रेसमा आफू प्रवेश नगरेको बताउनुभयो । उहाँले भन्नुभयो–कोही कार्यक्रममै सहभागी हुँदैमा पार्टी प्रवेश गरेको हुँदैन, यस्ता भाम्रक प्रचारले आफूलाई चिन्तित बनाएको हुँदा कोही कसैले पनि अनावश्यक प्रचार र हल्ला नगरिदिनुहुन समेत उहाँको आग्रह थियो ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नंं. २९ का वडा अध्यक्ष मानबहादुर रानामगर, भरतपुर–२९ का नगर कमिटी सल्लाहकार एवं नेकपाका अग्रज व्यक्तित्व समाजसेवी धन्कीलाल गुरुङ्ग, भरतपुर–२९ नेकपाका वडा कमिटी अध्यक्ष टेक बहादुर गुरुङ, पार्टी कमिटी सदस्यहरु गणेश लामिछाने, कृष्णप्रसाद न्यौपाने, गणेश प्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !