प्रचलित :

चितवन। इन्टरनेसनल तेक्वान्दो संघ आइ टि एफ चितवन जिल्ला समितिको आयोजनामा ब्ल्याक बेल्ट प्रमोसन टेस्ट २०२० कार्यक्रम सम्पन्न भएको छ । चितवन इन्टरनेसनल तेक्वान्दो संघ आइटी एफ चितवन का अध्यक्ष सिताराम दराइको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी रहनु भएको थियो।

कार्यक्रममा ४२ जना खेलाडीहरुले ब्ल्याक बेल्ट को उपाधी प्राप्त गरेका थिए । साथै १० जना खेलाडीहरुले सेकेन्ड डानको उपाधि प्राप्त गरेका थिए । कार्यक्रममा जिल्ला खेलकुद बिकास समिति चितवनका अध्यक्ष प्रह्लाद प्रधान, इन्टरनेसनल तेक्वान्दो संघ आइ टि एफ का केन्द्रिय अध्यक्ष चेतनराज गिरि, इन्टरनेसनल तेक्वान्दो संघ आइ टि एफ केन्द्रिय सल्लाहकार एवं नेकपा कम्युनिस्ट पार्टी (नेकपा) युवा नेता स्वरुप सुयाल, नेपाल रग्वी संघका प्रतिनिधि नवीन गिरि, तेक्वान्दोका राष्ट्रिय खेलाडी राजकुमार शर्मा गिरि लगायतका अतीथिहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा काठमाडौ, मुस्ताङ, कास्की, काभ्रे, दाङ, मोरङ, बाग्लुङ र आयोजक जिल्ला चितवनका विभिन्न डोजाङ तथा तेक्वान्दो समुहहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटिले खेलाडीहरुले खेल क्षेत्रको योगदानबाट मुलुकलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा परिचित गराउन सक्ने बताउदै जिल्लामा हुने हरेक खेलकुदका गतिविधि र कार्यक्रमलाई महत्त्वका साथमा सहयोग गरिरहेको बताउनु भएको थियो । उहाँले खेल क्षेत्रलाइ हेर्ने र बुझ्ने हाम्रो दृस्ठिकोण नै परिवर्तन गर्नु पर्ने भन्दै खेलाडी राष्ट्रका गहना र सबै खेललाई देश चिनाउने बाटो बनाउनु पर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !