चितवनमा कुखुराको खोरमा कौडा खेलीरहेका २४ जनासहित नगद ५ लाख बरामद

चितवन । चितवनमा पाँच लाख भन्दा बढी नगद सहित कौडा खेल्ने २४ जना पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय गीतानगरको टोलीले गएराति भरतपुर महानगरपालिका–५ कैलाशनगरस्थित स्थानीय ४२ वर्षीय सुनिल कुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेली रहेको रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।
कौडा खेल्ने २४ जना पुरुष पक्राउ परेका छन् भने उनीहरुको साथबाट नगद ५ लाख १७ हजार १७५ रुपैंयाँ र १६ थान कौडा समेत बरामद गरिएको छ ।

ईलाका प्रहरी कार्यालय गितानगर चितवन (बागमती प्रदेश) बिषयः,कौडा,नगद सहित मानिस पक्राउ सम्बन्धमा।
मिति २०७७/०७/२६ गते अं. २३:१५ बजेको समयमा जिल्ला चितवन भरतपुर म.न.पा. ५ कैलाश नगर स्थितमा ऐ.ऐ. वस्ने बर्ष ४२ को सुनिल कुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेली रहेको भन्ने खवर प्राप्त हुना साथ यस का.बाट प्र.नि. को कमाण्डमा ९ जनाको टोली खटी गई कौडा खेल्ने २४ जना पुरुष,नगद रु.५,१७,१७५।–(पाँच लाख सत्र हजार एक सय पचहत्तर रुपैंया) र १६ थान कौडा समेत नियन्त्रणमा लिई जि.प्र.का. चितवन तर्फ पठाएको उक्त स्थान यस का.बाट १३।१४ उत्तर पश्चिम पर्ने कि.मि. बिबि पछी।
निम्न मानिसहरु:
१. जिल्ला चितवन भरतपुर म.न.पा.५ वस्ने वर्ष ४२ को सुनिल कुमार क्षेत्री
२. ऐ.ऐ. वस्ने वर्ष २८ को सन्तोष थापा
३. ऐ.ऐ. वस्ने वर्ष २१ को सन्जय घले
४. ऐ.ऐ. वस्ने वर्ष २८ को सन्तोष प्याकुरेल
५. ऐ.ऐ. बस्ने बर्ष ३५ को कमल तामाङ
६. ऐ.ऐ. ७ बस्ने बर्ष सरोज अधिकारी
७. ऐ.ऐ. ७ बस्ने बर्ष ४४ को बिकास अधिकारी
८. ऐ.ऐ.५ बस्ने बर्ष ४३ को लेख ब. गुरुङ
९. ऐ.ऐ. ५ बस्ने बर्ष ४० को पुर्ण ब. गुरुङ
१०. ऐ. १५ बस्ने बर्ष ४० को राज कु. गुरुङ
११. ऐ .१५ बस्ने बर्ष ५० को कृष्ण ब. गुरुङ
१२. ऐ.ऐ.५ बस्ने बर्ष ३८ को प्रदिप सोडारी
१३. ऐ.ऐ. ५ बस्ने बर्ष ३८ को राज कु. श्रेष्ठ
१४. ऐ.ऐ. ५ बस्ने बर्ष ४१ को भुपेन्द्र श्रेष्ठ
१५. ऐ.ऐ. ५ बस्ने बर्ष ५० को नन्द ब. गुरुङ
१६. ऐ.ऐ. ५ बस्ने बर्ष ४१को योगेश्वर गौतम
१७. ऐ.ऐ. ७ बस्ने बर्ष ४४ को तिलक नारायण श्रेष्ठ
१८. ऐ.ऐ. ५ बस्ने बर्ष १८ को मनोज गौतम
१९. ऐ.ऐ. ५ बस्ने बर्ष १८ को सन्तोष श्रेष्ठ
२०. ऐ.ऐ. बस्ने बर्ष ४७ को निलकण्ठ खरेल
२१. ऐ.ऐ. १५ बस्ने बर्ष ४२ को योगेन्द्र मल्ल
२२. ऐ.ऐ. बस्ने १५ बस्ने बर्ष २८ को प्रजित ठकुरी
२३. ऐ.ऐ.५ बस्ने बर्ष २७ को बिकास मानन्धर
२४. ऐ.ऐ. ५ बस्ने बर्ष २१ को उमेश सुनार
👍
1