प्रचलित :

काठमाडौं, कात्तिक २७ । काठमाडौंको कलंकीमा एका बिहानै ट्रकले अर्को ट्रकलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । कलंकीस्थित मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरी राखिरहेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नम्बरको कुखुरा बोक्ने ट्रकले ठक्कर दिँदा सोहि कुखुरा बोक्ने गाडीमा सवार तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा एक जना घाइते भएका छन् । दुर्घटनामा नुवाकोटको सुन्दरादेवी घर भएका २४ वर्षीय रोशन तामाङ, नुवाकोटको तारकेश्वर घर भएका ३७ वर्षीय माधब घिमिरे र नुवाकोट तारकेश्वरकै भुवेन्द्र तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कलंकीस्थित सहिद स्मृति अस्पतालमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो । सो दुर्घटनामा नुवाकोट तारकेश्वर घर भएका २२ वर्षीय को विजय तामाङ घाइते भएका छन् । दुवै ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरी वृत्त कालिमाटीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस !