प्रचलित :

काठमाडौँ, २६ कात्तिक । सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतम अब मन्त्री बन्न सक्ने भएका छन् ।

राष्ट्रियसभा सदस्य बनाउने सरकारको निर्णय बदर गर्न माग गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगर्ने भएसँगै गौतमको मन्त्री बन्ने बाटो खुलेको हो ।

वुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले गौतमलाई मन्त्री बन्नबाट रोक लगाउन अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिएको रिटमा ढेड महिनापछि सुनुवाई भएको हो ।

अब गौतमलाई राष्ट्रिसभा सदस्यका रुपमा काम गर्न साथै मन्त्री बन्न समेत बाटो खुलेको छ ।

प्रतिक्रिया दिनुहोस !