प्रचलित :
चितवन । सुरक्षित बचत तथा ऋण सहकारी सस्था ली. को १३औं बार्षिक साधारण सभा आजबाट शुरु भएको छ । कोरोना महामारीका कारण एकै दिन साधारणसभा गर्न संभव नभएकोले सो सहकारीले आज देखि यही कार्तिक २८ गते सम्म चरणबद्ध रूपमा गर्न लागिएको सस्थाका अध्यक्ष शितलकाजी श्रेष्ठले जानकारी दिए ।
सो सहकारीले सम्पुर्ण शेयर सदस्यलाई बार्षिक प्रगति प्रतिबेदन र बार्षिक नीति तथा कार्यक्रम अध्ययनको लागि १ हप्ता अगाडि नै घर-घरमा पठाइएको र उहाँ हरुबाट सस्थाले लिखित रूपमा सुझावको लागि अनुरोध गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । शेयर सदस्यहरुले दिनु भएको सुझावलाई मध्य नजर गर्दै समितिको बैठकले सस्थाको आगामी योजनाहरु थप परिमार्जित गरि लाने समेत  उनले जानकारी दिए ।
खोलेसिमल बजारमा रहेको कालिका बेन्क्युटमा आजबाट कार्तिक २८ गते भित्र हरेक दिन १०:३० बजे देखि १२:३० बजे सम्म सहकारीका सदस्यहरुले उपस्थिति जनाइ सुझाव दिन समेत अध्यक्ष श्रेष्ठले अनुरोध गरेका छन ।
साथै सो सहकारीले आफ्ना शेयर सदस्य हरुलाई १५ दशमलव ६६ प्रतिशत नाफा वितरण गर्ने समेत जनाएको छ । कारोबारको आधारमा समेत नाफा वितरण हुने भएकोले सम्पुर्ण शेयर सदस्य हरुले आफ्नो सहकारीमा धेरै भन्दा धरै कारोबार गर्न अनुरोध समेत गरिएको सस्थाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस !