प्रचलित :

चितवन । चितवन जिल्ला अदालत बार एशोसिएसनको अध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित हुनुभएको छ । शुक्रबार राति सम्पन्न मतगणनाको परिणाम अनुसार प्रगतिशील तथा पेशागत कानून व्यवसायी सङ्गठन (पिएलए) का उमेदवार अधिकारी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

उहाँले निकटतम प्रतिद्वन्दी नेपाल प्रजातान्त्रिक कानून व्यवसायी सङ्घ (डिएलए) का डा. हरिहर पोख्रेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनु भएको हो । अधिकारीले १ सय ७ मत प्राप्त गर्नु भएको थियो भने पोख्रेलले ८० मत प्राप्त गर्नुभयो ।

एशोसिएसनको उपाध्यक्षमा मुन्नाविक्रम खाती निर्वाचित हुनुभएको छ । डिएलएका उमेदवार उहाँले आफ्ना निकटतम प्रतिद्वन्दी पिएलएका रामचन्द्र देवकोटालाई पराजित गर्नुभएको हो । खातीले ९६ मत ल्याउँदा देवकोटाले ८२ मत प्राप्त गर्नुभयो ।

सचिवमा पिएलएका उमेदवार विनोद मिश्र विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी डिएलएका श्रीराम दवाडी पराजित हुनुभयो । मिश्रले ९९ र दवाडीले ८२ मत ल्याउनुभयो । यसैगरी कोषाध्यक्षमा बद्रीनाथ पण्डित र सहसचिवमा शोभा भट्टराई निर्वाचित हुनुभएको छ । सो एशोसियसनको २१ औँ जिल्ला अधिवेशनले दुई वर्षे कार्याकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

सदस्यहरुमा कुलचन्द्र खनाल १०० मत, जनकराम पौडेल ९८, रामनाथ घिमिरे ९१, कृष्णप्रसाद पन्त ९६, अजयकुमार तामाङ ९६, विकास गुरुङ १०४, सपि मिया ८२ र डिएलकी तृष्णा न्यौपाने १०१ मत सहित निर्वाचित हुनुभएको छ । पिएलएबाट महिला सदस्यकी उम्मेदवार कल्पना लोहनी ८२ मत प्राप्त गरी पराजित हुनुभएको छ ।
केन्द्रीय पार्षदमा टेकनाथ अधिकारी १०२ मत, शिवराम महतो ९७, नुनराज सिलवाल ११२, पासाङ लामा १००, वामदेव अधिकारी १०६, जीवनज्योति विश्वकर्मा ९१, नारायण गिरी ८९ र डिएलएका गोमा न्यौपाने भण्डारी ९१ मत ल्याई निर्वाचित हुनुभयो । तर पार्षदका पिएलएतर्फबाट उम्मेदवार रहेका तुलसीराम पाण्डे भने ८७ मत प्राप्त गरी पराजित हुनुभएको छ ।
पराजित भएका बृहत लोकतान्त्रिक कानुन व्यवसायी समुह (डिएलए) प्यानलका सचिवका उम्मेदवार श्रीराम दवाडीको ८२ मत , कोषाध्यक्ष बलराम पौडेलको ८६ र सहसचिवमा पृथ्वीदेवी सुवेदीको ८७ मत आएको थियो ।

सदस्यहरुका उम्मेदवार रहेका शेखरनाथ पोखरेलको ७६, हरिहर दवाडी ८४, वासुदेव आचार्य ६७, सुरेन्द्रराज सुवेदी ८२, प्रेमकुमार श्रेष्ठ ७८, तीर्थराज पोखरेल ८९ , विष्णुहरि कोइरालाको ७० मात्र मत आएको थियो ।
केन्द्रीय पार्षदका उम्मेदवार हिरादत्त तिवारी ८५, गोविन्द गौतम ७१ , दिवाकर भुषाल ८०, रामचन्द्र भट्ट ८३, लोकनाथ शर्मा ७२, पदमकुमार श्रेष्ठ ७६, पूर्णचन्द्र चापागाई ८७ मत प्राप्त गरी पराजित भएका छन् ।

प्रतिक्रिया दिनुहोस !