प्रचलित :
चितवन । लायन्स  तथा लियो क्लब अफ रत्ननगर मिड तथा लायन्स तथा लियो क्लब अफ रत्ननगर पिसको संयुक्त आयोजनामा रत्ननगरमा बृहत खुल्ला रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ। रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण बनको प्रमुख आतिथ्यतामा तथा LCI District 325 B2 अन्तरगतका District Deputy Coordinators लायन दिपेन्द्र खतिवडा र योगेन्द्र नाथ अधिकारि , त्यसैगरि District Department Chiefs लायन कृष्ण लाल श्रेष्ठ र शुरेश चन्द्र आचार्य , Region Chairperson लायन भिश्म प्रसाद खनाल, नेपाल रेडक्रस सोसाइटी, रत्ननगर उपशाखाका सभापति गोविन्द श्रेष्ठ, Zone Chairpersons लायन अनिल पाठक र ओम लाल सापकोटा लगायतको आतिथ्यतामा तथा चारवटै क्लबका पदाधिकारीहरु र सदस्यहरुको उपस्थितिमा कार्यक्रम सप्पन्न भयो ।
कार्यक्रमको संचालन लायन्स क्लब अफ रत्ननगर मिड नेपाल का संस्थापक अध्यक्ष एवं डिष्ट्रिक्ट डिपार्टमेन्ट चिफ लायन सुरेश चन्द्र आचार्यले गर्नुभएको थियो। कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्षहरु लायन किशोर चालिसे, लायन्स क्लब अफ रत्ननगर मिड तथा लायन नगेन्द्र बेलबासे, लायन्स क्लब अफ रत्ननगर पिस  तथा सह अध्यक्षता दुबै लियो क्लबका अध्यक्षहरु बिनय खडका, लियो क्लब अफ रत्ननगर मिड नेपाल  र सुभाष अर्याल (लियो क्लब अफ रत्ननगर पिस)ले गर्नुभएको थियो । LC Ratnanagara Peace को तर्फबाट कार्यक्रमको संयोजन क्लब संस्थापक अध्यक्ष कृष्ण लाल श्रेष्ठ र LC Ratnanagar Mid Nepal को तर्फबाट कार्यक्रमको संयोजन सुर्य रेग्मिले गर्नु भएको थियो। “रक्तदान जिवन दान” भन्ने मुल भावलाई आत्म साथ गर्दै १०८ जना महानुभाबहरुले रक्तदान गर्नुभएको थियो ।
उक्त कार्यक्रममा बोल्दै मेयर नारायण बनले लायन्स र लियो क्लबहरुले गरेका बिभिन्न मानवीय सेवाका कार्यहरूको उच्च प्रशम्शा गर्दै कार्यक्रमको पुर्ण सफलताको कामना गर्नु भएको थियो । साथै उहाँले कोरोना सङ्क्रमितहरुलाई Plazma Therapy को आवश्यकता पर्ने हुनाले कोरोना सङ्क्रमणबाट निको हुनुभएका ब्यक्तिहरुको Plazma सङ्कलन गरि सहयोग गर्नुहुन पनि अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !