नेकपा कुनै हालतमा फुट्दैनः पर्यटन मन्त्री भट्टराई

ताप्लेजुङ । संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री योगेश कुमार भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुनै पनि हालतमा नफुट्ने बताउनुभएको छ । शुक्रबार गृह जिल्ला ताप्लेजुङमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुहुदै मन्त्री भट्टराईले पार्टी फुट्ने कुरा कल्पना सम्म गर्न नसकिने बताउनुभएको हो ।

नेतृत्वको बिचमा कुराकानी भइरहेकाले पार्टीभित्र देखिएका समस्या समाधानका लागि वृहत समझदारी हुने भट्टराईले दावी गर्नु भयो । लोकतान्त्रिक पार्टीमा एउटै व्यक्ति सधैं नेतृत्वमा नहुने भएकाले विधि र प्रक्रियाबाट पार्टीमा नयाँ नेतृत्व आउने उहाको भनाई थियो ।

मन्त्री भट्टराइले फरक प्रशंङ्गमा उहाँले कोरोना भाइरसको संक्रमण बढिरहेकाले जिल्ला सदरमुकाममा फुङलिङमा ५० शैयाको कोभिड अस्पताल बनाउन र त्यसमा आफूले ३० लाख रुपैयाँ सहयोग गर्ने समेत बताउनुभयो ।