प्रचलित :
गोरखा । गोरखाको धार्चे- ६ काशीगाउँका बिपन्न ९ परिवारलाई प्रबासी गोर्खाली हरुद्वारा खाद्यान्न सहयोग गरिएको छ । ग्लोबल गोरखा समाज, अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष बिनय अधिकारी, उपाध्यक्षद्वय गोकर्णप्रसाद ढकाल तथा यदु लामिछाने र कोषाध्यक्ष आकाश बन्जाराले सो गाउँको ९ घर बिपन्न परिवारलाई खाद्यान्न सहयोग गर्नु भएको हो । घार्चे गाउँपालिका-६ का वडा अध्यक्ष धनकुमार घलेले सो गाउँका ९ घर परिवारलाई सहयोग सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !