प्रचलित :

काठमाडौं, १८ कात्तिक । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले सोमबार राति काठमाडौंमा स्रोत नखुलेको एक करोड रुपियाँ बरामद गरेको छ ।

ओमबहाल चोकबाट स्रोत नखुलेको एक करोड रुपियाँसहित तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

अवैध रकमसहित झापाका विकास मित्तल, झापाकै कमल मित्तल र पर्वतका गणेश पौडेललाई सीआईबीले नियन्त्रणमा लिएको जनाएको छ ।

सो रकमका विषयमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ । बरामद भएको रकम हुन्डी कारोबारमा प्रयोग भएको हुन सक्ने अनुमान प्रहरीको छ ।

प्रतिक्रिया दिनुहोस !