खुमलटारमा पुर्व माओबादीको भेला: माधव, झलनाथ, बादल र नारायण काजी पनि सहभागी, प्रचण्डले भने- ‘अब सँगै हिड्न नसकिने भो’

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निवास खुमलटारमा माओवादी निकटका नेताहरू जम्मा गरेर अब प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा अोलीसँग सँगै हिड्न कठिन भएको बताएका छन । प्रचण्ड निकट स्रोतका अनुसार प्रधानमन्त्रीले पनि अलग हिड्न प्रस्ताव गरेको भन्दै प्रचण्डले अब सँगै हिड्न नसकिने बताएका छन ।

उनले प्रधानमन्त्रीसँग भएको छलफलको विषय बताउँदै अब पार्टी एक ढिक्का भएर हिड्न कठिन भएको बताए । भेलामा सहभागी भएका नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डले एकता बलियो बनाउन अन्तियम प्रयास गरिरहेको दाबी गरेका छन । प्रचण्ड निवासमा वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेब गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा  जम्मा भएका थिए ।