प्रचलित :

काठमाडौं, १६ कात्तिक । चुनावको मुखमा अमेरिकामा कोरोना भाइरस संक्रमणको नयाँ रेकर्ड बनेको छ । २४ घन्टाको अवधिमा एक लाखलाई संक्रमण भएको छ । पहिलोपटक एकैदिन यतीधेरैलाई संक्रमण भएको हो ।रोयटर्सका अनुसार शनिबार एक लाख २ सय ३३ जनामा संक्रमण पुष्टि भएको थियो । अहिले विश्वकै समेत नयाँ रेडर्क हो । अमेरिकामा मंगलबार राष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचनअघि संक्रमण तिव्र बनेको छ ।
अमेरिकामा कोरोना संक्रमितको संख्या ९४ लाख पुगिसकेको छ । जहाँ दुई लाख ३६ हजारले ज्यान गुमाएका छन् ।
उता यूरोपमा पनि कोरोनाको दोस्रो लहर घातक बन्दै गएको छ । संक्रमण तिव्र रुपमा फैलिएपछि बेलायतले चार साताका लागि राष्ट्रव्यापी रुपमा लकडाउनको घोषणा गरेको छ । लकडाउनका शैक्षिक संस्था तथा अत्यावशयक सेवाबाहेक अन्य सबै व्यवसाय बन्द हुनेछन् । स्पेन तथा फ्रान्समा समेत संक्रमण बढेपछि कडाई गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !