
काठमाडौँ, १५ कात्तिक । नेपालमा थप २ हजार ५ सय ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
यससँगै संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ ।
त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप २ हजार २ सय ६४ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या १ लाख ३१ हजार २ सय २२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै मृतकको संख्या ९ सय ३७ जना पुगेको छ ।