प्रचलित :
चितवन । कोरोना संक्रमणका कारण चितवनका अधिवक्ता सुदिप वस्तीको निधन भएको छ । प्रोष्टेड क्यान्सर तथा नसा रोगबाट पीडित अधिवक्ता वस्तीको ५९ बर्षको उमेरमा आज बिहान निधन भएको हो । भरतपुर-१०, दुरसंचार रोड निवासी अधिवक्ता वस्ती काठमाडौंमा प्रोष्टेड क्यान्सर तथा नसा रोगको उपचार गरि रहनु भएको थियो । उपचारको क्रममा उहाँलाई १ हप्ता अगाडि कोरोना पोजेटिभ देखिएकाे र उहाँको उपचारकै क्रममा मृत्यु भएको उहाँका भाइ अधिवक्ता गजेन्द्र वस्तीले कालिका दैनिक डट कम अनलाइनलाई जानकारी दिनु भयो । नेपाल बार असोसियसन चितवनका सदस्य समेत रहनु भएका वस्ती विभिन्न सामाजिक सस्था हरुमा समेत आबद्ध हुनुहुन्थ्यो । उहाँको श्रीमती, १ छाेरा र १ छाेरी रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !