
“चुनाव पछि, तपाईले राहत सहयोग प्राप्त गर्नु हुनेछ ,किनभने मलाई लाग्छ हामी उनको कारणले सदन बहुमत ल्याउने छौ ,” ट्रम्पले मंगलबार तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीलाई व्यग्य गर्दै भने ।
ट्रम्पले हालैका दिनहरूमा मात्र हैन पटक पटक तल्लो सदनमा रिपब्लिकनले बहुमत ल्याउने बताई रहेका छन् । रिपब्लिकनले तल्लो सदनमा बहुमत ल्याउन कम्तिमा १६ वटा स्थानमा चुनाव जित्नु पर्ने छ ।
“मलाई लाग्छ कि हामी सदन जित्नेछौं” ट्रम्पले गत हप्ता भविष्यवाणी गरेका थिए। “हामी हेर्नेछौं। तर मलाई लाग्छ हामी सदन जित्नेछौं।” उनले भने ।
श्रोत :सिएनएन