प्रचलित :

काठमाडौं । बडादशैं टीकाको आज तेस्रो दिन पनि मान्यजनबाट टीका लगाएर आर्शीवाद लिने क्रम जारी छ । विजयादशमीका दिन टीका लगाउन नभ्याएका र टाढा रहेकाले कोजागत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्छन् ।

देशका केही स्थान र समुदायमा भने एक दिन मात्रै टीका लगाउने चलन छ । घटस्थापनाका दिन राखेको जमरा कोजागत पूर्णिमाका दिन बिसर्जन गरेसँगै असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवीशक्तिको विजयका रूपमा मनाइने दशैं पर्व सकिन्छ ।

यता नेवार समुदायमा मान्यजनबाट विजयादशमीको टीका थाप्न छोरीज्वाइँसहित नातिनातिनालाई भोज बोलाउने चलन छ । जसलाई नेपाल भाषामा नखत्या भनिन्छ । यस्तो भोज पूर्णिमाको दिनसम्म बोलाउन सकिने प्रचलन छ । असन क्षेत्रका नेवार समुदायले आज अर्थात् एकादशीको दिन देवीको टीका थाप्ने परम्परा छ । यसलाई नेपाल भाषामा असं चालं भनिन्छ ।

प्रतिक्रिया दिनुहोस !