प्रचलित :

कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा एक युवकले आफ्नै आमाको हत्या गरेका छन् ।

ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक कैलाश सिंह बिष्टका अनुसार, पुनर्वास नगरपालिका वडा नम्बर ३ सुकुम्बासीबस्तीमा बस्ने ३० वर्षीय पप्पु वादीले आफ्नै आमा ५७ वर्षीया पार्वती वादीको शनिबार राति धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । मदिरा सेवन गरेको समयमा आमाछोरा बीच घरायसी विवाद हुँदा ती युवकले आफ्नी आमालाई कुटपिट गरी आगँनमा ल्याई सानो बन्चरो प्रहार गरेका थिए ।

निधार र टाउकोमा गम्भीर चोट लागेर घाइते भएकी पार्वती वादीको पुनर्वास स्थित पोलिक्लिनिकमा उपचार सम्भव नभएपछि वडाध्यक्षको समन्वयमा एम्बुलेन्स मार्फत कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा पुर्याइएपनि उपचारको क्रममा राति नै उनको मृत्यु भएको बताइएको छ । घटनामा संलग्न अभियुक्त पप्पु वादीलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको र कानुन बमोजिम कार्वाही अगाडि बढाइने प्रहरी निरीक्षक बिष्टको भनाइ छ । वादीको घरमा आमाछोरा मात्रै बस्ने गरेको र उनीहरुबीच नियमित जसो विवाद भइरहने गरेको छिमेकीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !