कोरोना संक्रमित बागमती प्रदेशका मुख्यमन्त्री पौडेललाई हेलिकप्टर मार्फत काठमाडौं लगियो

हेटौँडा ।  कोरोना पुष्टि भइ हेटौँडामै होम आइसोलेसनमा रहेका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल र उनकी धर्मपत्नीलाइ थप उपचारका लागि काठमाण्डौ लगिएको छ। पौडेल र उनकी धर्म पत्नीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं लगिएको हो।

उनलाई भिमफेदी-१ मा सुपारीटारमा  रहेको नेपाली सेनाको मध्यपृतना हेडक्वार्टरबाट शुक्रबार दिउँसो सेनाको हेलिकप्टरमार्फत् थप उपचारका लागि  मुख्यमन्त्री पौडेललाइ काठमाडौं लगिएको  मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । उनलाई थप उपचारका लागि  गंगालाल हृदय रोग केन्द्र बाँसबारी लगिएको बुझिएको छ । उनी सहित उनकी श्रीमती,सुरक्षार्थ खटिएका सुरक्षाकर्मी,चालक र कार्यालय सहयोगीलाई हिजो कोरोना पुष्टि भएको थियो।