चितवनको कालिका स्थित उदयपुर सामुदायिक बनमा शुभकामना आदान प्रदान कार्यक्रम 

चितवन । कालिका नगरपालिका-७, सगुनटाेलमा रहेको उदयपुर सामुदायिक बन उपभोक्ता समुहको आयोजनामा आज मौलापुजा तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको थियो । दशै, तिहार, छठ पर्व-२०७७ लगायत विभिन्न चाडपर्वको अवसरमा आयोजित कार्यक्रम बन समुहका अध्यक्ष केशव लामाको अध्यक्षतामा भएको थियो ।
समुहका उपाध्यक्ष शुदर्शन अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा प्रमुख अतिथि संघीय सांसद तथा प्रतिनिधि सभा न्याय, कानुन तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेल, बिशिष्ठ अतिथि बागमती प्रदेश सांसद तथा शिक्षा, स्वास्थ तथा कृषि समितिका सभापति घनश्याम दाहाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । सो कार्यक्रममा सहभागी बक्ताहरुले यसै बनमा बन्ने औद्योगिक क्षेत्र निर्माणमा सबैको साथ सहयोग हुनुपर्ने बताउनु भएको थियो ।