गोरखा । ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका सह-कोषाध्यक्ष आकाश बन्जाराद्वारा गोर २१ बिपन्न परिवारलाई सहयोग भएको छ । गोरखाको आरुघाट गाउँपालिका-५ को बयाक, शान्ति बजार, भोग्टेनी, जेल्वुङ, थुमी, अर्बाङ, अलैचे डुडे,अल्कटार, सल्लाघारी, पाखुरे, तारेभिर गाउँका बिपन्न, एकल, अपाङ्ग परिवारलाई खाद्यान्न तथा नगद सहयोग गरिएको हो ।
उनीहरुलाई चामल, दाल, नुन तेल र नगद १ हजार रुपैयाका दरले सहयोग गरिएको हो । नेपालीहरुको महान पर्व दशै मनाउन पनि समस्या भएका सो परिवारलाई स्थानिय समाजसेवी कृष्ण नेपालीको समन्वयमा आज बिहीबार सो सहयोग प्रदान गरिएको थियो ।
गोरखाको बिपन्न गाउँ आरुघाट-५, अल्काटारमा जन्मिएर हाल हङकङमा ब्यबसाय गर्दै आउनु भएका बन्जाराले यस अगाडी पनि गोर्खा, चितवन, काठमाडौं, सिन्धुपाल्चोक लगायतका विभिन्न ठाउमा सहयोग गर्दै आउनु भएको छ ।