प्रचलित :

काठमाडौं । नेपालमा आज एकैदिन कोरोना संक्रमितको संख्या नयाँ रेकर्ड राखेको छ । बुधबार एकैदिन देशभर ५ हजार ७४३ जनामा संक्रमण देखिएको हो ।

देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा २७ दशमलव ६८ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये ३ हजार १०७ जना काठमाडौं उपत्यकाका छन् ।

काठमाडौंमा २ हजार ३९१, ललितपुरमा ५४३ र भक्तपुरमा १७३ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !