रोटरी क्लब अफ काठमाडौं नर्थद्वारा अनाथ आश्रयलाई खाध्यान्न सहयोग 

 काठमाडौं । रोटरी क्लब अफ काठमाडौं नर्थद्वारा अनाथ अपाङ्ग आश्रय नेपाल, थली, काठमाडौंलाई आज एक कार्यक्रमका बीच खाध्यान्न सहयोग गरिएको छ । क्लबको आयोजनामा भएको कार्यक्रमको सह-आयोजक त्रिवेणी युवा क्लब, भद्रबास, काठमाडौं र त्रियोकाब बचत तथा ऋण सहकारी सस्था लि. रहेको थियो ।
क्लबका अध्यक्ष गौतम प्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कागेष्वरी मनहराका वडा नं. ५ का वडा अध्यक्ष  एवं नगरपालीकाका प्रबक्ता राजाराम पुडासैनी र क्लबका अध्यक्ष खनालले सो आश्रयका अध्यक्ष गोपाल बहादुर कार्कीलाई खाध्यान्न हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा चामल, दाल, चिनी, आलु, खाने तेल, सोयाबिन सहयोग गरिएको थियो । सो अबसरमा क्लबका अध्यक्ष खनालले हाल बिश्वभर कोरोना भाइरलले असर पुर्याएको बताउदै यस्तो विषम परिस्थितिमा पनि नेपाली हरुको महान चाड बिजया दशमीको अबसरमा आश्रयमा खाध्यान्न सहयोग गर्न पाउदा खुशी लागेको बताउनु भयो ।
कार्यक्रममा क्लबका पुर्ब अध्यक्ष उत्तम खडका, वीर बहादुर तामाङ, सचिव गणेश प्रसाद पौडेल, सदस्य सीता पौडेल, सस्थाका प्रतिनिधिहरु, नगर तथा वडाका प्रतिनिधीहरु तथा स्थानियहरुको सहभागिता रहेको थियो ।  
सो आश्रयमा ४ देखि १५ बर्षका २० जना बाबु नानी आश्रीत रहेका छन । उनीहरु कक्षा १ देखि ९ कक्षामा अध्ययन गरिरहेका छन ।