ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदकाे भर्चुअल माध्यमबाट दोस्रो अधिवेशन शुरु 

काठमाडौ । ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदकाे भर्चुअल माध्यमबाट दोस्रो अधिवेशन शुरु भएको छ ।
आज हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।विश्वभरिका गोरखालीलाई एकजुट बनाउन समाजको ठूलो योगदान रहेको छ । ग्लोबल गोरखा समाज सन २०१६ मा स्थापना भएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे , अतिथिहरु एनआरएनएका पूर्व अध्यक्ष तथा ग्लोबल गोरखा समाजका प्रमुख संरक्षक भवन भट्ट , एनआरएनएका अध्यक्ष कुमार पन्त , एनआरएनएका संरक्षक प्रताप थापा , दिलबन्धु पोखरेल लगायत देश विदेशबाट विभिन्न अतिथिहरु पनि सहभागि हुनु हुने छ ।