
वाणिज्य आपूर्ति तथा उपभोत्ता संरक्षण क्षेत्रिय कार्यालय वीरगञ्जका प्रमुख जित बहादुर भण्डारीको नेतृत्वमा खटिएको जिल्ला प्रसाशन कार्यालय चितवन, जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले आज भरतपुर महानगरपालिकाभित्र बजार अनुगमन गर्दा मूल्य सूची नराखेको तथा खरिद र बिक्री बिल उपलब्ध गराउन नसकेको एवं म्याद गुज्रेका समानहरु संचित गरी राखेको आरोपमा विभिन्न ५ वटा पसलहरुलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २८ बमोजिम ५०–५० हजारको दरले २ लाख ५० हजार रुपैया जरिवाना गरिएको भण्डारीले बताउनु भयो ।