इच्छाकामनाको स्याङ्दीमा संचालित ६ महिने सिलाई कटाई तालिम सम्पन्न 

चितवन । चितवनको इच्छाकामना गाउँपालिका-७,स्याङ्दीमा संचालित ६ महिने निशुल्क सिलाई कटाई तालिम आज सम्पन्न भएको छ । सेवा अहिले नेपाल, काठमाडौंको सहयोगमा संचालित तालिममा सो क्षेत्रका २२ जना बिपन्न महिलाको सहभागिता रहेको थियो । तालिममा सहभागी हरुलाई  निशुल्क लुगा सिलाउने मेसिन पनि सोही सस्थाले उपलब्ध गराएको थियो ।
सस्थाका राष्ट्रिय निर्देशक अर्जुन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि इच्छाकामना गाउँपालिका वडा नं. ७ का वडा सदस्य टेकबहादुर गुरुङ, अतिथिहरु प्रेस संगठन नेपालका केन्द्रीय सदस्य पत्रकार शिशिर सिंखडा, सस्थाका कार्यक्रम निर्देशक जगदिशचन्द्र पोख्रेल, चितवन को-अडिनेटर इश्वर कुमार श्रेष्ठ, तालिमकी प्रशिक्षक शान्ति राई, तालिममा सहभागीहरु सोनी चेपाङ र चन्द्र्माया चेपाङ  लगाएतले मन्तव्य राख्नु भएको थियो ।
सो सस्थाले यस अगाडि पनि चितवनकै विभिन्न स्थानमा २ सयभन्दा बढीलाई सोही प्रकारको तालिम दिइसकेको छ । बिपन्न बस्ती हरुमा सो सस्थाले खाद्यान्न, कपडा लगायतको सहयोग समेत गर्दै आएको छ ।