भरतपुरका २ वर्षीय बालक र कालिकाका ५ जना सहित चितवनमा थपिए ५५ जना कोरोना संक्रमित

चितवन । चितवनमा थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ५१, पाल्पा र रुपन्देहीका चार जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेमा चितवनको राप्ती नगरपालिकाका ९ महिला र ११ पुरुष गरी २० जनामा संक्रमण पुष्टि भएको छ । जसमा ७ वर्षीय बालक समेत छन् ।
यस्तै भरतपुर महानगरपालिकाका ९ पुरुष र ८ महिला गरी १७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा २ वर्षीय बालक समेत छन् ।
यस्तै खैरहनी नगरपालिकाका ४ पुरुष र ४ महिला गरी ८ जना, कालिका नगरपालिकाका २ पुरुष र ३ महिला गरी ५ जना र रत्ननगर नगरपालिकाका एक जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यसैगरी पाल्पाका २ पुरुष र १ महिला गरी ३ जना र रुपन्देहीका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।