कालिकाका ३ सहित चितवनमा थपिए ५९ जना कोरोना संक्रमित

चितवन । चितवनमा आज ५९ जना कोरोना संक्रमित् थपिएका छन् । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला गरिएको परिक्षणमा भरतपुरका ३० सहित ५९ जना कोरोना संक्रमित भेटिएको अस्पतालले जनाएको छ ।
भरतपुरमा १९ पुरुष र ११ महिला सहित ३० जनामा कोरोना पुष्टि भएको छ । राप्ति नगरपालिकामा ७, खैरहनीमा ५, माडीमा २, रत्ननगरमा ५, कालिकामा ३ र ईच्छाकामनामा २ जनामा कोरोना संक्रमित थपिएका हुन् । काठमान्डौका २, नवललपुरका १, तनहुँका १ र सर्लाहीका १ जनामा पनि कोरोना देखिएको छ । संक्रमित मध्ये धेरै होम आइसोलेशनमा छन् ।