यही कार्तिक १ अर्थात अक्टोबर १७ मा हुने ग्लोबल गोरखा समाजको दोस्रो अधिवेशनको तयारी अन्तिम चरणमा

लन्डन । कार्तिक १ अर्थात अक्टोबर १७  मा हुने ग्लोबल गोरखा समाजको दोस्रो अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी कार्तिक १ गते अर्थात् १७ अक्टोबर २०२० मा जुम भर्चुवल माध्यमबाट हुन गइरहेको समाजको दोस्रो अधिवेशनको तयारी तीब्र पारिएको हो । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । ग्लोबल गोरखा समाजका अध्यक्ष जयप्रकाश गुरुङका अनुसार कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई सहभागि हुनुहुनेछ | पूर्वप्रधानमन्त्री भट्टराईले जुम भर्चुअल माध्यमबाट हुने अधिवेशनको औपचारिक रुपमा उद्घाटन गर्नुहुनेछ । त्यस्तै , कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा गोरखाका नेता नारायणकाजी श्रेष्ठ विशेष अतिथिको रुपमा सहभागि हुनु हुनेछ । साथै नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे , एनआरएनएका पूर्व अध्यक्ष तथा ग्लोबल गोरखा समाजका प्रमुख संरक्षक भवन भट्ट , एनआरएनएका अध्यक्ष कुमार पन्त , एनआरएनएका संरक्षक प्रताप थापा ,  दिनबन्धु पोखरेल लगायत देश विदेशबाट विभिन्न अतिथिहरु पनि सहभागि हुने तय भएको अध्यक्ष गुरुङले जानकारी गराउनुभयो ।
ग्लोबल गोरखा समाजका अध्यक्ष गुरुङले ग्लोबल गोरखा समाजको दोस्रो अधिवेशनमा सहभागिताको लागि समेत विश्वभरि रहनु भएको सबै गोरखाबासीमा अपिल गर्नुभएको छ । साथै आजीवन सदस्यको लागि पनि आग्रह गर्नुभएको छ । समाजको आजीवन सदस्यको लागि संस्थाको Email : [email protected] Web : www.globalgorkhasamaj.org HI आवेदन दिन सकिने अध्यक्ष गुरुङले जानकारी गराउनुभयो । ग्लोबल गोरखा समाज सन २०१६ मा स्थापना भएको हो । समाजको संस्थापक समेत रहनु भएको अध्यक्ष गुरुङले यो अवधिमा निकै नै उदाहरणीय कार्य गर्दै समाजलाई विश्वभर स्थापीत गर्न पनि सफल हुनुभएको छ । विश्भवरका २५ भन्दा बढी देशमा विश्व सञ्जाल बनाउन सफल समाजले स्थापनाकालदेखि शिक्षा , स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको छ । विशेष गरि विभिन्न गरिव तथा जेहेनदार विद्यार्थीहरुलाई छात्राबृति प्रदान गर्ने देखि लिएर धेरै कार्यहरु गर्दै आएको छ । अध्यक्ष गुरुङ एनआरएनमा पूर्व आइसिसी सदस्य पनि हुनुहुन्छ । विश्वभरिका गोरखालीलाई एकजुट बनाउन उहाँको ठूलो योगदान छ ।