होम आईसोलेसनमा रहेकी कालिका-१ लंकालाईनकी ८५ वर्षिया बृद्धाको मृत्यु

चितवन । कालिका नगरपालिका वडा नं. १ लंंकनलाईन,  खुकुरी चोक बस्ने वर्ष ८५ की कोरोना संक्रमित महिलाको आज मृत्यु भएको छ । उनको असोज २२ गते चितवन मेडिकल कलेजमा स्वाब परीक्षणका दिईएकोमा २३ गते कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । उनी घरमा नै आईसोलेसनमा बस्दै आएकी थिईन् ।
श्वासप्रश्वासमा समस्या रहेकी उनको मंगलबार दिउँसो ४ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ ।