कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि कालिका नगरपालिका अनिश्चितकालिन बन्द

चितवन । कर्मचारीलाई कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएपछि चितवनको कालिका नगरपालिकाले केही दिनका लागि बन्द गरिएको छ । आज एक सूचना जारी गर्दै नगरपालिकाले अर्को सूचना जारी नहुँदासम्म सेवा बन्द गर्ने जानकारी गराएको हो । नगरपालिकाका  अधिकांस कर्मचारीलाई ज्वरो आउने, रुघाखोकी लाग्ने जस्ता समस्या देखिएकोले अनिश्चित कालका लागि नगरपालिका बन्द गरिएको छ ।