प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली मुख्यमन्त्री हटाउने प्रस्तावप्रति असन्तुष्ट

काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले कर्णाली प्रदेशमा भएको पछिल्लो राजनीतिबारे आफूलाई सोधखोज नगरिएको बताउनुभएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध हिजो नेकपाकै १८ जना सांसदहरुले दर्ता गराएको अविश्वासको प्रस्तावप्रति ओलीले असन्तुष्टि जनाउनुभएको हो ।
सोमबारको मन्त्रिपरिषद बैठकमा समसामायिक विषयमा मन्त्रीहरुलाई गरेको सम्बोधनमा प्रधानमन्त्री ओलीले पार्टीको निर्णय अनुसार काम गर्न सबैलाई आग्रह गर्नुभएको एक मन्त्रीले खुलानेपाललाई जानकारी दिए ।
‘आफूखुशी गर्ने काम भइरहेको छ । म प्रधानमन्त्री र पार्टी अध्यक्ष हुँ । तर, कर्णालीको विषमा मलाई थाहा छैन, ओलीले मन्त्रीहरुलाई सुनाउनुभएको थियो ।
यो विषयमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले समेत अनभिज्ञता राख्नुभएको छ ।