धादिङका २२ वर्षीय युवकको कोरोना सङ्क्रमणका कारण मृत्यु

धादिङ । धादिङमा कोरोनाका कारण एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङबेंसीका नीलकण्ठ नगरपालिका –३ का २२ वर्षीय युवक रहेका छन् । निमोनियाको उपचारका लागि सुमेरु अस्पतालमा भर्ना भएका उनलाई असोज २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको सोमबार बिहान मृत्यु भएको धादिङ स्वास्थ्य कार्यालयले जनाएको छ । यससँगै धादिङका ७ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।