कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप नौ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप नौ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या छ सय ४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दुई जना महिला र सात जना पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।

कोरोना सङक्रमणबाट मृत्यु हुनेहरुमा काठमाडौँकी ७१ बर्षीया महिला, र चितवनकी ४० बर्षीया महिलाको मृत्यु भएको हो भने सुनसरीका ३७, ८९, र ९० बर्षीय पुरुष, काठमाडौँका ६३, र ६७ बर्षीय पुरुष, ललितपुरका ५० बर्षीय पुरुष, र रुपन्देहीका ७४ बर्षीय पुरुषको मृत्यु भएको भएकोे मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।